तिब्बती बुद्धधर्मको बज्रयान पद्धतिमा छाड्न नमिल्ने दुई विशिष्ट अभ्यास छन्ः यिदम् अभ्यास र चित्तस्वरूपको मुक्तिमार्ग (पाथ अफ लिबरेसन) अभ्यास।
यो शिविरमा मिङ्ग्युर रिन्पोछेले यिदम् साधना र पाथ अफ लिबरेसन अभ्यासलाई सँगै जोडेर दिनुहुनेछ, र पुराना साधकहरूलाई उत्पन्नक्रम र सम्पन्नक्रमको युगनद्ध अभ्यासमा मार्गदर्शन गर्नुहुनेछ।
विकल्पात्मक चित्तले कसरी काम गर्छ भनेर जानेपछि हामी वज्रयानको सार कुरा जान्दछौं। उत्पन्नक्रमको अभ्यासमा हामी फललाई कसरी मार्ग बनाउने, सिक्छौं। सम्पन्नक्रमको अभ्यासमा नाइन-फोल्ड ब्रेथ, जेन्टल भास ब्रिदिंग, र सेकिंग हा लगायतको निर्देशन प्राप्त गर्छौं।
विशेष गरी, मिङ्ग्युर रिन्पोछेले सूक्ष्म शरीरसम्बन्धी शिक्षा दिनुहुनेछ। शरीरको तीन तहको बोधसँगै हामी सूक्ष्म शरीरले कसरी काम गर्छ, तथा चित्त र शरीरबीच कस्तो सम्बन्ध हुन्छ भन्ने जान्दछौं।
चार–दिने यो प्रशिक्षण नेपालस्थित तेरगार ओसेल्लिङ् गुम्बामा सञ्चालन हुनेछ। यदि तपाईंले पाथ अफ लिबरेसन तह–२ को प्रशिक्षण लिइसक्नुभएको छ भने हामी तपाईंलाई मिङ्ग्युर रिन्पोछेले प्रत्यक्ष रूपमा दिनुहुने उत्पन्नक्रम र सम्पन्नक्रमको युगनद्ध अभ्यासको यो प्रशिक्षणमा आमन्त्रण गर्दछौं।
1. प्रशिक्षण मिति
अगस्ट २५–२८, २०२४
2. प्रशिक्षण स्थान
तेरगार ओसेल्लिङ् गुम्बा, काठमाडौं, नेपाल
3. आवश्यक पूर्वयोग्यता
प्रशिक्षार्थीले पाथ अफ लिबरेसन तह–२ को प्रशिक्षण लिइसकेको हुनुपर्छ।
4. गुरुहरू
मूल गुरु : मिङ्ग्युर रिन्पोछे
थप शिक्षण : खेन्पो ग्युर्मे
पुनरावलोकन र अभ्यास : चुन्मा मियाओ रोङ्
5. भाषा
मिङ्ग्युर रिन्पोछेले अंग्रेजीमा प्रशिक्षण दिनुहुनेछ। चुन्मा मियाओ रोङ्ले चाइनिज (मान्डरिन) भाषामा प्रशिक्षण दिनुहुनेछ, जसको अंग्रेजीमा अनुवाद हुनेछ।
अनुवादका भाषाहरू: मान्डरिन, क्यान्टोनिज, कोरियन, नेपाली
अनुवाद (अनलाइन मात्र) : इन्डोनेसियाली, रूसी, पोर्तुगाली
6. प्रशिक्षण समय (नेपाली समय)
अगस्ट २५ः १०ः३०–१८ः००
अगस्ट २६ः ०९ः३०–१८ः००
अगस्ट २७ः ०९ः३०–१८ः००
अगस्ट २८ः ०९ः३०–१८ः००
7. प्रशिक्षण सामग्री
तेरगार एशियाको वेबसाइट https://learning.tergarasia.org/ मा कार्यक्रमका लागि रजिष्ट्रेसन गरिसकेपछि प्रशिक्षण सामग्री उपलब्ध हुनेछ।
8. रजिष्ट्रेसन शुल्क
प्रत्यक्ष कक्षा | ७८० हङकङ डलर | यो शुल्कले तेरगार ओसेल्लिङमा कार्यक्रम सञ्चालन खर्च र प्रत्येक दिनको खाना खर्च व्यहोर्छ। |
अनलाइन – स्पोन्सर शुल्क | ७२० हङकङ डलर | |
अनलाइन – आधारभूत शुल्क | ४०० हङकङ डलर | |
प्रत्यक्ष र अनलाइन भिक्षु भिक्षुणीहरू |
निशुल्क |
तेरगार एशिया सबैका लागि ध्यानको अवसर र लाभ उपलब्ध गराउन प्रतिबद्ध छ। यदि शुल्क यसका लागि बाधक हुन्छ भने, कृपया retreat@tergarasia.org मा सम्पर्क गर्नुहोस्। वा तेरगार एशियाको वेबसाइट (https://www.tergarasia.org/) मा हामीलाई च्याट सन्देश छोड्नुहोस् र तपाईंको नाम र इमेल ठेगाना उल्लेख गर्नुहोस्।
नोट
रजिस्ट्रेसन रद्द गर्नुपर्ने अवस्थामा आफ्नो साटो अरूलाई राख्न पाइने छैन, शुल्क फिर्ता हुनेछैन।
9. यातायात र आवास (प्रत्यक्ष कक्षाका लागि)
सहभागीले आफ्नो यातायात र आवासको प्रबन्ध आफैं मिलाउनु पर्नेछ।
भिसा, एयरपोर्ट स्थानान्तरण र आवास व्यवस्थामा मद्दत गर्नसक्ने ट्राभल एजेन्टको सम्पर्कसहित नेपाल भ्रमणका बारेमा केही उपयोगी जानकारीहरू यहाँ छन्।
https://www.tergarasia.org/wp-content/uploads/2024/05/Nepal-Travel-Information-en.pdf
10. रजिस्ट्रेसन मिति
प्रत्यक्ष कक्षा
जुन १–अगस्ट १५, २०२४
सीट भरिएपछि रजिस्ट्रेसन बन्द हुनेछ।
अनलाइन
कार्यक्रमको करीब दुई हप्ता अगाडि रजिस्ट्रेसन खुल्नेछ।
11. रजिस्ट्रेसन लिंक
तेरगार एशिया लर्निङ् वेबसाइटमा रजिस्टर गर्नुहोस्
https://learning.tergarasia.org/course/view.php?id=62